Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं – वरिष्ठ हास्यकलाकार हरिवंशआचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको नयाँ फिल्म निर्देशनको जिम्मा दिने योजना रहेको बताउनुभएको छ ।

hari_bansha_song

‘जात्रा’फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धिगीत रेकर्ड गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । गीत केहि दिनमा नै सार्वजनिक हुँदैछ । ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ, “त्यसैले उहाँको दक्षता र मेहनत प्रति हामीलाई पूर्ण विश्वास छ,” हरिवंशले भन्नुभयो ।

मह सञ्चारद्धारा निर्मित फिल्म, टेलिफिल्म तथा विज्ञापनलाई उत्कृष्ट बनाउन मह जोडीको मात्र नभई हाम्रो समूहसँगै प्रदिपको ठूलो भूमिका रहेको खुलस्त पार्दै उहाँले नयाँफिल्मको निर्देशक प्रदिपलाई नै बनाउने मनस्थिति रहेको प्रस्ट पार्नेु भएको हो ।

‘जात्रा’फिल्मको कथाले आफुलाई निकै प्रभावित गरेको भन्दै उहाँले फिल्मलाई दर्शकको माया मिल्नेमा ढुक्क रहेको बताउनुभयो । विपिनकार्की (भस्मे), वर्षा राउत, रबिन्द्र सिंह बानीया (हनुमान), रबिन्द्र झा, प्रेक्षा बज्राचार्य लगायतको अभिनय रहेको जात्रा कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ ।

‘जात्रा’प्रर्दशनपछि मह सञ्चारले निर्माण गर्ने फिल्मको तयारीमा जुट्ने हरिवंशले जानकारी दिनुभएको छ । स्कृप्ट लगभग तयार भइसकेकाले तिहारपछि आवश्यक अन्य तयारी थाल्ने उहाँको भनाई छ ।

फिल्ममा हरिवंश र मदनकृष्णको साथमा अहिले ख्याति कमाइरहेका कलाकारहरुसमेत रहनेछन् । हरिवंशले भन्नुभयो, अहिलेका हट र हिट नायक, नायिका पनि रहनेछन् ।

तपाईको प्रतिक्रिया