Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ग्रन्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको नेप्सेले जनाएको छ ।

नेप्सेका सहप्रवक्ता मुरहरि पराजुलीले नेप्सेको इतिहासमा दुई कम्पनी एक भइसकेको अवस्थामा एकको मात्र सेयर कारोबार नगरेको र त्यसले सेयर समायोजनमा गाह्रो हुने भएकाले त्यसलाई सम्बोधन गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यस विषयमा नेप्सेले सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डलाई पनि जानकारी गराइएको छ । त्यसैगरी धितोपत्र बोर्डले पनि ग्रान्ड बैंकका सेयर लगानीकर्तालाई परेको असरका सम्बन्धमा प्रभु बैंकसँग जानकारी मागेको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी लिने बताउनुभयो ।

प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजनपश्चात् बैंकको प्रतिकित्ता सेयर मूल्य रु ३६३।– तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता रु ४१५ मा सेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया