Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

IMG_6966

काठमाडौं – नेपालमा पछिल्लो समयमा लोकप्रिय बन्दै गएको साम्बो खेललाई नेपालमा हुन गइरहेको सार्क गेममा सहभागिता गराउने युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले बताउनु भयो ।
नेपाल साम्बो एसोसिएशन धादिङका कार्यसमितिले मन्त्री श्रीपालीलाई बधाईं तथा शुभकामना दिन गरेको भेटघाट कार्यक्रममा मन्त्री श्रीपालीले नेपालमा साम्बो खेलको सम्भावना रहेको भन्दै नेपालमा हुने तेह्रौं सार्क गेममा यस खेललाई सहभागिताको लागि गृहकार्य भइरहेको बताउनु भयो । सार्क गेम सन् २०१८ मा काठमाडौंमा हुँदैछ । यस पटकको सार्क गेममा सत्ताइस खेलको सहभागिता रहनेछ । जस्मा साम्बोसहित पाँच नयाँ खेल रहने बताइएको छ ।

shreepalii
भेटघाटमा मन्त्री श्रीपालीले खेल क्षेत्रको विकासका लागि नीति, विधि परिवर्तनको अवाश्यकता महशुस गरेको भन्दै यसका लागि सम्बन्धित सरोकारवालासँग सल्लाह र परापर्श सुरु गरिसकेको बताउनु भयो । उहाँले धादिङ खेलका लागि उर्वर रहेको भन्दै जिल्लाका कुनाकुनासम्म यस खेलको विस्तार गर्नको लागि सुझाव दिनुभयो । उहाँले खेल सम्बन्धि संघसंस्था करीब १ सय असी रहेपनि कमै मात्र सकृय भएको भन्दै सबैको कृयाशीलता, लगाब र इमान्दारिता आवश्यक रहेको बताउनु भयो ।

shreepali
सोही अवसरमा मन्त्री श्रीपालीलाई ज्ञापन पत्र बुझाउँदै एसोसिएशनका अध्यक्ष मनोजकुमार श्रेष्ठले साम्बो खेलको विकासका लागि आफूहरुको धेरै योजना रहेको भन्दै योजनामा नीतिगत, आर्थिक तथा भौतिक सबै हिसाबले सहयोग गर्न मन्त्री समक्ष आग्रह गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकास नभइ देशको विकास र नाम विश्वमा नकहलिने भन्दै यसमा देखिएको विकृति निर्मूल पार्न र सबै खेललाई समान महत्व दिन आग्रह पनि गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया