Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वालिङ – स्याङ्जाको तिन्दोबाटे–६ झोल्पेका किसान टेकबहादुर दर्लामीले दूध बिक्री गरेर मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । सतहत्तर वर्षीय उहाँ हाल सातवटा मुर्रा जातका भैँसीबाट दैनिक ३५ लिटरसम्म दूध बिक्री गर्नुहुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

“काम गर्न उमेर छेक्दैन गर्नका लागि जाँगर हुनुप¥यो,” वृद्ध किसान दर्लामी भन्नुहुन्छ – “उत्पादन भएको दूध बिक्रीका लागि समस्या छैन घरसँगै डेरी जोडिएकाले त्यही डेरीमार्फत दैनिक दूध बिक्री गरिरहेछु ।”

घरमा आफू र दुईवटी बुहारी भैँसीका लागि घाँस र दानापानीको व्यवस्थामा जुट्ने गरेको उहाँ बताउनुहुन्छ । “यामअनुसार दूध बिक्रीबाट कहिले दुई लाखसम्म आम्दानी हुन्छ कहिले एक लाखमा पनि चित्त बुझाउनुपर्ने र सबै खर्च कटाएर औसत मासिक डेढ लाखसम्म बचत हुने उहाँको भनाई छ ।

युवा रोजगारीका लागि मुलुकबाहिर गइरहेका अवस्थामा स्वदेशमै पशुपालन व्यवसाय गर्न सके राम्रो आम्दानी हुने भएकाले युवालाई पशुपालनमा लाग्न दर्लामी सुझाव दिनुहुन्छ । पशुपालनका लागि आवश्यक पर्ने घाँस खेतीसमेत गर्नुभएका उहाँ विभिन्न क्षेत्रबाट उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया