Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

एजेन्सी – अफ्रिकी देशमा बिद्रोही संगठन बोको हरामको हिंसात्मक गतिविधिका कारण १४ लाख बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले जनाएको छ । नाइजेरिया, क्यामरुन, चाड र नाइजरमा बोको हरामका कारण मानवीय अवस्था संकटमा रहेको र लाखौं बालबालिका विस्थापित भएको युनिसेफले उल्लेख गरेको छ ।

boko

कम्तिमा १० लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा फसेको र उनीहरुसम्म पुग्न समस्या भइरहेको युनिसेफले सर्वाजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । तर यसअघि पुग्न नसकिएको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भने राहत सामग्री पुर्‍याइएको पश्चिम तथा मध्य अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देक म्यानुएल फोन्टाइनेले बताउनुभयो ।

बोको हरामको नियन्त्रणमा रहेका क्षेत्रमा फसेका बालबालिकाको अवस्था दयनीय रहेको र उनीहरुसम्म तत्काल सहायता पुर्‍याउनु पर्नेमा युनिसेफले जोड दिएको छ । बोको हरामले यो वर्ष ३८ जना बालबालिकालाई आत्मघाती आक्रमणकारीको रुपमा प्रयोग गरिसकेको युनिसेफले जनाएको छ । सन् २०१४ देखि अहिलेसम्म ८६ जना बालबालिका आत्मघाती आक्रमणमा प्रयोग भएका छन् ।

यो वर्ष बोको हरामको नियन्त्रणमा रहेका क्षेत्रका चार लाख ७५ हजार बालिकाबालिका गम्भीर कुपोषणको खतरामा रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया