Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – पत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो ।  यो साता बजारमा रु छ अर्ब पाँच करोड ६५ लाख ८८ हजार कारोबार भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

dhitopatra

साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिएको बजारमा १४१ कम्पनीका रु २१ लाख १६ हजार ३५४ कित्ता सेयर खरिद बिक्रीबाट रु एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६७६ को सेयर कारोबार भएको थियो । सो दिन नेप्से परिसूचक ३.८८ अङ्कले घटेर बैकिङ, जलविद्युत्, बिमा र उत्पादनमूलक समूहका सूचक रातो भएका कारण बजार प्रभावित भएको थियो ।

सोमबार बजार यो वर्षकै उच्च ८८ दशमलव ८१ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ६७५.९१ अङ्कमा झरेर रोकिएको थियो । उच्च अङ्कको गिरावटले गर्दा बजार डेढ घन्टा पहिले नै बन्द भयो । सो दिन ११ लाख ६२ हजार ५७१ कित्ता सेयर खरिदबिक्रीबाट रु ८७ करोड ९३ लाख ८१ हजारको कारोबार भएको थियो ।

साताको तेस्रो दिन मङ्गलबार भने पुँजी बजारमा दुई पटक ‘सर्किट ब्रेक’ लगाउँदा समेत नेप्से परिसूचक ८४. ५१ ले बढेर रु २९ करोड ८३ लाख कारोबार भएको थियो भने बजार एक हजार ७६०.४२ अङ्कमा पुगेको थियो । बुधबार बजारले अघिल्लो दिनकै लय समात्दै १९.१५ अङ्कले बढेको थियो ।

कुल १४६ कम्पनीका ३५ लाख ८१ हजार ४७५ कित्ता सेयर खरिदबिक्री भएको उक्त दिन कारोबार साताभरकै उच्च अर्थात् रु दुई अर्ब दुई करोड ८७ लाख ५९ हजार ७७९ बराबरको भएको थियो । कारोबारका हिसाबले साताको अन्तिम दिन बिहीबार भने सेयर बजारमा सामान्य गिरावट आयो ।

कुल ३५ लाख ४४ हजार ७ ८४ कित्ता सेयर खरिदबिक्रीबाट रु एक अर्ब ३१ करोड ८६ लाख ७२ हजार ५७५ को कारोबार भएको बिहीबार बजार ४.७० अङ्कले घटेर एक हजार ७७४.८७ अङ्कमा झरेर थामिएको छ ।

तपाईको प्रतिक्रिया