Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौ –हिमालय उच्च माध्यमिक विद्यालय पर्वत खुर्कोट बंगैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

pic

विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले ती वैज्ञानिक उपकरण बनाएका हुन् । उनले फालिएका सामग्री सिरिन्ज, पाइप, काठ, पेट, कागज प्रयोग गरेर विज्ञान सामग्री बनाएका हुन् । अमनले विभिन्न ठाउँमा ती उपकरण बनाएर प्रदर्शनी समेत गरिसकेका छन् । प्रदर्शनकै क्रममा काठमाडाँै आएका अमनले शिक्षा विभाग, नाष्टमा ती उपकरणको प्रदर्शन गरेका छन् । त्यसअघि तनहुँको दमौलीमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएको थियो ।

अमनले पानीबाट चल्ने एक्जाभेजर र पङ्खा तथा ब्याट्रिबाट चल्ने रोबोट, पानी जहाज, ट्रेन, चख्रेपिङ, भूकम्प सङ्केत मेसिन, भ्याकुर क्लिनियर, पहाडमा हिँड्ने कार जस्ता आधादर्जन उपकरण बनाएका छन् । अमनले आफ्नै प्रयासबाट विज्ञानका नियम र इन्टरनेटको सहयोगबाट ती उपकरण बनाएका हुन् । ‘‘कक्षामा पढेका विज्ञानका सिद्धान्तलाई प्रयोगात्मक अभ्यास गर्नका लागि सुरुमा अभ्यास गरेको थिएँ’’ उनले भने–‘‘अभ्यास गर्दागदै सामग्री बनाउन सकियो ।’’

सुरुमा घर अगाडि एक्जाभेटरले खनेको देखेर उनलाई एक्जाभेटर बनाउने योजना फु¥यो । घरमै फालिएको काठ, टियुव, सिरिञ्ज, प्लाष्टिक र पाइपले पहिलोपटक अमनले एक्जाभेटर बनाए । ‘‘डिजेल जस्तो तरल पदार्थबाट एक्जाभेटर चलेको देखेर मलाई तरल पदार्थ पानी पनि हो पानीबाट पनि चल्न सक्छ जस्तो लागेर एक्जाभेटर बनाउन थालेँ’’ उनले भने–‘‘करिब एक हप्ताको अभ्यासपछि पानीबाट चल्ने एक्जाभेटर बनाउन सफल भएँ ।’’

अमनले बनाएको एक्जाभेटरमा चार किसिमका पानी भरिएका सिरिञ्जबाट चलाउन सकिन्छ । ‘रिमोट कन्ट्रोल’बाट नै अमनले बनाएको एक्जाभेटर चलाउन सकिन्छ ।
सानैदेखि खेलौना गाडी चलाउन मन पराउने अमन कक्षा– ४ मा गइसकेपछि बुबाले किनिदिएको खेलौना गाडीले नै अहिलेका उपकरण बनाउने प्रेरणा बनेको बताउँछन् ।
उपकरण बनाएको देखेर कक्षामा सधैं प्रथम हुने छोरोको पढाइ बिग्रिएला भनेर बुबा आनन्दराज पौडेलले गाली पनि गर्नुभयो ।

‘पछि छोराले आफ्नो स्कुलमा एक्जाभेटर बनाएको देखेपछि मैले पनि उसको कामलाई सहयोग गर्दै आएँ’’ बुबा आनन्दले भन्नुभयो । अहिले जमिन र पानीमा हिँड्ने ब्याट्रीबाट चल्ने रोबोट भित्ता र आकासमा उड्ने समेत बनाउन सकिन्छ । ‘‘अहिले जमिन र पानीमा हिँड्ने रोबोट चुम्बक प्रयोग गर्ने हो भने भित्ता र पङ्खा रोबोटमा राख्ने हो भने आकासमा पनि उड्छ’’ उहाँले भन्नुभयो । अमनले ‘लिक’ बिनाको साधारण बाटोमा हिँड्ने ब्याट्रीबाट चल्ने रेल बनाएका छन् ।

‘‘नेपालजस्तो रेलको लिक नभएको सडकमा पनि चल्नेसक्ने रेल भए सजिलो हुन्छ भनेर मैले त्यस्तो साधारण बाटोमा पनि चल्नसक्ने रेल बनाएको हुँ’’ उनले रेल प्रदर्शन गदै भने–‘‘यो रेल सामान ढुवानीमा बढी उपयोग हुनसक्छ ।’’ अमनले थप पानी तान्ने पम्प, टिपर, विद्युत् डाइनामो, केवलकार, हेलिकप्टर, ग्यास लाइट, एसी, हाइड्रोलिक ब्रेक, चुम्बकीय क्रेनजस्ता नयाँ उपकरण बनाउने तयारीमा रहेको बताए ।

उनले सरकारले आफूले बनाएको उपकरणमा सहयोग गरे आफ्नो सामग्रीलाई विश्वमा पनि प्रदर्शन गराउने सोच सुनाए । बुबा आनन्दले छोराले बनाएको वैज्ञानिक उपकरणलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै अमनलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया