Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं –सरकारबाट सहयोग नपाएपछि साझा प्रकाशनले आफ्ना चलअचल सम्पत्ति बिक्री गरी ऋण तिर्ने भएको छ । हाल रु ४० करोड घाटामा रहेको प्रकाशनले आफ्ना विभिन्न कार्यालयमा रहेका जग्गा बिक्री गर्न बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ ।

sajha

संस्थाको सञ्चालक समितिले माथिल्लो तहका कर्मचारीलाई स्वेच्छिक अवकाश दिई कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बोलपत्र प्रक्रिया वा अन्य मार्फत जग्गा बेचबिखन गरी बहालवाला कर्मचारीको तलबभत्ता, सञ्चय कोष, सेवानिवृत्त कर्मचारीलाई नियमानुसार दिनुपर्ने सम्पूर्ण रकम उपलब्ध गराई बाँकी ऋण दायित्व पनि चुक्ता गरी संस्थालाई सानो आकारमा राखेर ठोस कार्य योजनासहित प्रकाशन सञ्चालन गर्ने प्रक्रिया थालनी गरिने बताउनुभयो ।

यसअघि उक्त समस्या सम्बोधन गर्न सरकारलाई पटक पटक लिखित अनुरोध गरिनाका साथै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ अधिकृत, राजनीतिक दल र तिनका शीर्षस्थ नेतृत्वसँग प्रकाशनको सञ्चालक समिति र साझा प्रकाशन बचाउ अभियानकर्मीले जानकारी गराए पनि कसैबाट ठोस निर्णय हुन नसकेपछि यो कदम चाल्नुपरेको अध्यक्ष शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया