Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च सरकारी टोलीले नेपालको भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नियमन विभागका महानिर्देशक लिउ जियाङको नेतृत्वमा आएको टोलीले सोमबार गृहसचिव नारायण गोपाल मलेगो, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईलाई छुट्टा–छुट्टै भेट गरी चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन आग्रह गरेका आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

टोलीले नेपाल चीनबीचको सीमा क्षेत्रमा हुने आतंकवादी गतिविधि तथा विभिन्न प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुबै देश एक भएर अगाडि बढ्न आग्रह गरेको बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए ।

टोली नेता लिउले चीन सरकारले नेपालका दुबै प्रहरी संगठनलाई अझै आधुनिक बनाउन जस्तोसुकै सहयोग गर्न तयार रहेको तर नेपालको भूमि प्रयोग गरी भगौडा तिब्बतीहरुले गर्ने गतिविधि नियन्त्रण गर्न आग्रह गरेको ती अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया