Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

नेपालगञ्ज– बाँकेमा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् ।सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाश पौडेलका अनुसार पटक–पटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ती सहकारी खारेजीमा परेका हुन् ।

खारेजीमा परेकामा सबैभन्दा बढी कषि सहकारी छन् । कार्यालयका अनुसार अति निष्क्रिय अवस्थामा रहेका १८ कृषि सहकारी खारेजीमा परेका छन् ।यसैगरी बहुउद्देश्यीय र बचत तथा ऋण सहकारी पाँचरपाँच वटा सहकारी खारेजीमा परेका छन् ।

स्वास्थ्य, जडिबुटी, पशुपंक्षी तथा पशुपालन, विद्युत र उपभोक्ता सहकारी १र१ वटा खारेजीमा परेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया