Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

ब्रुनाई – प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/बेलायतले समुन्द्रमाथि सिर्जना बाचन तथा साहित्यिक यात्रा सम्पन्न गर्‍यो ।

१२ मार्चका दिन विहानको ६ बजे सेरियाबाट शुरु भएको साहित्यिक यात्रा राजधानी बन्दरसेरी बेगवानबाट चाहिं समुन्द्र माथि साहित्यिक जलयात्रा शुरु भएको थियो । साहित्यिक कार्यक्रमको लागि स्रष्टाहरु मात्र रहनेगरि छुट्टै सानो जहाजको ब्यवस्था गरिएको थियो । विभिन्न स्रष्टाहरुले कविता, गीत, गजल, मुक्तकहरु बाचन गरेका थिए भने स्रष्टा महेश वनेमले लोकप्रिय चुटकिलाहरु भन्नुले साहित्यिक माहोल अत्यन्तै रमाइलो बनेको थियो । सुरेन्द्र इङनाम, प्रकास राईले मिठो बाँसुरीको धुन सुनाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए, त्यस्तैगरि किसन राईले मादललाई मिठो भाकामा बजाएका थिए । महासचिव आनन्द रानोहोछाद्धारा संचालित कार्यक्रममा सन्जीब राई, सन्देश नेम्बाङ, मिलन लामा, लिम्बु नयन लगायत यात्रामा सहभागि सबैले आआफ्नो सिर्जना बाचन गरेर सिध्याए लगतै जहाज ब्रुनाईको मुख्य पर्यटकीय क्षेत्र बाङगर, तेम्ब्रुङमा उत्रिएको थियो ।

फ्रेमी ट्राभल्स एन्ड टुरको ब्यवस्थापन अनुसार तेम्ब्रुङ नदीको बाटो हुदै सदाबहार घना जंगलको बीचमा निर्माण गरिएको ६० मिटर अग्लो क्यानपी वक सबै स्रष्टाहरुले आरोहण सम्पन्न गरेका थिए । त्यसपछि सुगाइ तेम्ब्रुङ नदिकै नजिक रहेको सुन्दर छहराको दृष्यावलोकन पश्चात नदिमा राफ्टिङ र स्वमिङ गरिएको थियो । दिउसोको खाना लगतै आदीवासी जाति इभानहरु बस्ने लङहाउस जहा एकैघरमा ७० परिवार बसोवास गर्दछन उक्त ठाँउको पनि यात्रा गरिएको थियो ।

गाइड स्यारोनले महत्वपूर्ण ठाँउहरुको बारेमा जानकारी दिई यात्रालाई सहयोग गरेको थियो भने सहभागि एक दर्जन स्रष्टाहरु नौलो कार्यक्रमबाट दङ्ग भएका थिए । बेलुकी ५ बजे राजधानी वेगवान फर्किएर सम्पन्न भएको साहित्यिक यात्राको संयोजक तथा उपाध्यक्ष जितेन्द्र चेम्जोङलाई बिशेष धन्यवाद तथा सहभागि सबैलाई र ब्यवस्थापकीय सहयोग गर्नुहुने सबैलाई साहित्य समाजको तर्फबाट अध्यक्ष विश्वासदीप तिगेलाले धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया