Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ । गभर्नर नेपालको हस्ताक्षरसहित पहिलोपटक सय दरको नोट बजारमा आएको हो ।

उक्त नोटमा हालसम्म एउटामात्र गैँडाको तस्बिर रहँदै आएकोमा अहिलेको नोटमा दुइटा गैँडाको चित्र छ नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूचना अनुसार बजारमा आइसकेको सय रुपैयाँको नोटमा माउ र केटो गैँडाको तस्बिर रहेको छ । नक्कली नोटको बिगबिगी भएपछिविशेष छपाइमा सावधानी अपनाएको बैंकले जनाएको छ । नयाँ नोटमा सुरक्षा धागो, जनावरको चिह्न लगायतमा परिवर्तन गरिएको छ । सयको नोटमा अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनले छामेर नोट पहिचान गरून् भनेर एउटा कालो थोप्ला समेत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

नोटको पानी छापमा पहिले जस्तै लालीगुँरासको फोटो राखिएको छ भने फिट मेडल फिचरमा मायादेवीको चित्र छ । यसको साथै अङ्ग्रेजी भाषामा ‘लुम्बिनी– द बर्थ प्लेस अफ लर्ड बुद्ध’ पनि लेखिएको छ । नोटको बोर्डरमा नेपालीमा वि सं २०७२ र अंग्रेजीमा २०१५ एडी लेखिएको छ । पहिलोपटक गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको सय दरका नयाँ नोट चीनमा छापेर ल्याइएको हो । नेपाल गत वर्ष चैत ५ गते राष्ट्र बैंकको गभर्नर नियुक्त हुनुभएको थियो ।

उक्त नोट प्रमाणीकरण गरेर सोमबारदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । पहिलो खेपमा ३ करोड थान (३ अर्ब रुपैयाँ) का सय दरका नयाँ नोट आएको छ। कुल २० अर्ब मूल्य बराबरका सय दरका नयाँ नोट ल्याएको राष्ट्र बैकले जनाएको छ ।

गभर्नर नेपालको हस्ताक्षर भएका २० रुपैयाँ दरका २१ करोड थान (४ अर्ब २० करोड रुपैयाँ बराबर) ५० रुपैयाँका २४ करोड थान (१२ अर्ब रुपैयाँ बराबर) नोट पनि बजारमा ल्याउने अन्तिम तयारीमा राष्ट्र बैंक पुगेको छ । ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा भने इन्डोनेसियन कम्पनीलाई दिएको छ ।

तपाईको प्रतिक्रिया