Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिक उपभोग्य वस्तुको भाउ बढ्नुमा बजेटको कुनै दोष नरहेको बताउनुभएको छ । अर्थमन्त्री पौडेलले रिपोर्टस क्लबले शनिवार काठमाडौँमा गरेको साक्षात्कारमा पारित हुन बाँकी बजेटका कारण महंगी बढ्यो भन्नु औचित्यहीन भएको बताउनुभयो ।

उहाँले बजेटमा महंगी बढाउने कुनै व्यवस्था नरहेको दाबी गर्दै महंगी बढाउने कार्यक्रम औंल्याएर देखाउन चुनौती समेत दिनुभयो ।अर्थमन्त्री पौडेलले बजेटमा महंगी बढाउने कार्यक्रम नरहेको दाबी गरेपनि बजेटलाई देखाएर बजार भाउ आकासिएको छ ।

व्यापारीहरुले दाल, चामल, चिनी, तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन्। तर सरकारले महंगी नियन्त्रणका लागि कुनै कदम चालेको छैन। अर्थमन्त्री पौडेलले आफूले बजेट सार्वजनिक गर्नु पहिले नै दोहोरो अंकको मूल्य वृद्धि रहेको भन्दै आगामी आर्थिक वर्ष मूल्य वृद्धिलाई ७ दशमलव ५ प्रतिशतमा झार्ने दाबी गर्नुभयो । उहाँले बजेटमा लक्ष्य लिइए भन्दा बढी मूल्य वृद्धि नहुने दाबी गर्दै त्यसका लागि आफूले कार्ययोजना बनाउन थालिसकेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजेटमा लिइएको ५ खर्ब ६५ अर्बको राजस्वको लक्ष्य सजिलै पूरा हुने दाबी पनि गर्नुभयो । उहाँले चालु आर्थिक वर्ष भारतीय नाकाबन्दी र इन्धनको हाहाकारका कारण आर्थिक क्रियाकलाप करिब ६ महिना प्रभावित हुँदा पनि ४ खर्ब ७५ अर्बको राजस्वको लक्ष्य पूरा हुने स्थिति देखा परेको भन्दै पछिल्ला महिनाको असुलीले आगामी आर्थिक वर्षको लक्ष्य पूरा हुने स्पष्ट भइसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया