Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

जुम्ला– कर्णालीमा पहिलो पटक जुम्लामा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय बास्केटबल तथा क्रिकेट खेलकुद प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।

३ दिने प्रतियोगिताको फाइनल बास्केटबलमा काठमाडौँ आर्मी टिम विजय भएको छ । यो टिमले २९ अङ्क ल्याई विजय हात पारेको हो । उपविजेता जुम्लाले ११ अङ्क ल्याएको थियो भने कालीकोट तृतीय भएको थियो ।

यसैगरी क्रिकेट प्रतियोगितामा जुम्ला टिम विजयी भएको छ । जुम्लाले ७ विकेट गुमाउँदै २९ रनले विजयी भएको छ । कालीकोटले २९ रन ल्याए तापनि सबै विकेट गुमाउँदै उपविजेता बनेको छ ।

विजेता खेलाडीलाई सांसद ललितजङ शाहीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।  उहाँले अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्छन् र कर्णाली पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न योग्य ठाउँ हो भनेर सन्देश पनि दिनु भयो । साथै उहाँले आगामी वर्ष आफ्नो संसद् विकास कोषबाट जुम्लाका अपाङ्गता भएका व्यक्तिलाई रु एक लाख सहयोग गर्ने वचन समेत दिनुभयो ।

नेपाल पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले कर्णालीका अपाङ्गता भएका व्यक्तिको खेल क्षेत्रको व्यवस्थापन तथा प्रवद्र्धनका लागि पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया