Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

विराटनगर – अर्थमन्त्री विष्णु पौडेलले संविधान जारी भएपछिको सरकारको पहिलो बजेट जनतामुखी हुने र पहुँचवालाको प्रभाव नरहने स्पष्ट पार्नुभएको छ । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा शुक्रबार विराटनगरमा आव २०७३/७४ को बजेटको पूर्व तयारीको सन्दर्भमा आयोजित सुझाव कार्यक्रममा उहाँले आगामी बजेट लगानीमैत्री हुने बताउनुभयो ।

आगामी आवको बजेट जेठ १५ गते आउने जानकारी पनि उहाँले दिनुभयो । उहाँले संविधान जारी भइसकेकाले अबको राजनीति राष्ट्रको उन्नति, विकास र समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्रका समस्याको समाधान छलफलबाट गर्न सरकार तत्पर रहेको बताउनुभयो ।

अर्थमन्त्रीले पूर्वाञ्चलका जनताको विकासका चाहनालाई सरकारसामु राख्ने वचनबद्धता पनि प्रकट गर्नुभयो ।सांसद एवं मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडाले पहुँचवालाको हितमा बजेट निर्माण गर्ने परिपाटीलाई अब अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भूकम्प र मधेस आन्दोलनका कारण व्यापारी क्षेत्रलाई ठूलो घाटामा पारेको जानकारी दिँदै आगामी बजेटले उद्योगी र व्यापारीको हितलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । अवसरमा अर्थमन्त्रालयका सचिव राजन खनालले निजी क्षेत्र पारदर्शी हुनुपर्ने बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष शङ्कर अग्रवालले १८ वर्ष बितिसक्दा पनि विराटनगरको चक्रपथको ट्र्याक मात्र खुलेकाले सोको निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गनुपर्ने मागका साथै विराटनगर–किमाथाङ्का सडक निर्माणमा प्राथमिकता, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास, ऊर्जा सङ्कट समाधान, आर्थिक क्षेत्रको घोषणा, सुनसरी÷मोरङमा औद्योगिक क्षेत्रको स्थापना र अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको निर्माणका लागि बजेटमा व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो । ****

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया