Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

ब्रुनाई – प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/बेलायतले समुन्द्रमाथि साहित्यिक कार्यक्रम गर्ने भएको छ ।

समाजको अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न बैठकले यहि ११ मार्चका दिन ब्रुनाईको राजधानी बन्दरसेरी बेगवानबाट पानी जहाजमा यात्रा गर्दै दिनभर कृतिहरु माथि समिक्षा, सिर्जना बाचन, समाजको महत्वपूर्ण बैठक लगायत विविध साहित्यिक कार्यक्रम गरिने भएको छ । उक्त यात्रामा समाजका सम्पूर्ण सदस्यहरु सहभागि हुनेकुरा सामुन्द्रिक साहित्यिक यात्राको संयोजन गरिरहनु भएका उपाध्यक्ष जितेन्द्र चेम्जोङले बताउनु भएको छ ।

विशेषतः साहित्य सेवामा क्रियाशिल यस समाजले विभिन्न कल्याणकारी कार्यहरु गर्दै आएको छ भने यसपटक कला क्षेत्र अन्तर्गत यहि १० मार्चबाट शुरु हुने मिस पूर्वान्चल प्रतियोगिताको लागि नगद ६० हजार रुपैया प्रदान गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया