Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

बर्षौ भयो परदेशिएको
यसपालि त आउछु होला
बाल्यकालको थर्कटीमा
अब खुशी बाँड्छु होला

सयपत्री र मखमली
कति राम्रो झुल्दै होला
सप्तरङ्गी टिका दिदी
तिम्रो हातको लाउछु होला
धेरै भयो बाबा आमा
अब केश फूले होला
जमरा र टीका लगाइ
आशिष थाप्न आउछु होला

चिसो रातको भजन कीर्तन
शिबधुनी धेरै बित्यो
सानु तिम्लाइ माया लाउन
रोधीतिर धाउछु होला
चुहे होला घरको छानो
पिढी सबै भत्के होला
भत्किएको सारा दुख
टाल्न छिट्टै आउछु होला
हाम्रो सानो घरबारीमा
खुशी थुप्रै बाँडीदिउँला
यसपाली त देउरालीमा
साथीसँगै गाउँछु होला ।***

-पोखरा-१५

तपाईको प्रतिक्रिया