Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कुनै पनि बेला विभाजनमा जानसक्ने खतरा औंल्याएका छन् ।
चितवनमा आफू बसेको ग्लोबल होटलमा कार्यकर्तासँगको भेटमा प्रचण्डले भने, ‘तपाईंहरुलाई मैले किन ढाँट्ने, पार्टीबाट केही साथीहरु बाहिरिँदै हुनुहुन्छ, तर माओवादी दुई टुक्रा नै चाँही हुँदैन ।’ फुटेको पार्टी अहिलेको मालेजस्तो सानो हुने उनले दाबी गरे ।
उपाध्यक्ष मोहन वैद्य ‘किरण’लाई जति सम्झाए पनि आफूले चित्त बुझाउन नसकेको उनले खुलाए । यसै क्रममा उनले भने, ‘खै मैले नबुझेको हो कि उहाँले, मैले उहाँको चित्त बुझाउन सकिनँ ।’
उनले कांग्रेस र एमालेले सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएकाले मंसिरअघि नै शान्ति प्रक्रियाले नयाँ मोड लिने ठोकुवा गरे ।

तपाईको प्रतिक्रिया