Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं । धेरै समयपछि बनेको कृतिमा आधारित फिल्म ‘मसान’ दर्शकले चाँडै हेर्न पाउने भएको छ। गोपालप्रसाद रिमालको नाटकमाथि बनाइएको फिल्म ‘मसान’ कात्तिकको पहिलो हप्ता रिलिज हुने टुंगो लागेको छ। रंगमञ्चमा धेरैपटक मञ्चन भइसकेको यो नाटकमाथि नीर शाहले फिल्म बनाएका हुन्।

सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्म सवा २ घन्टाको छ। ‘प्रिप्रोडक्सन निकै राम्रो भएकोले काम छिटो सकियो,’ निर्देशक शाह अघिल्ला फिल्ममा भन्दा धेरै मिहेनत गरेकाले पनि काम छिटो सकिएको मुख्य सहायक निर्देशक विजयरत्न तुलाधरले बताए। नेपालमा रिलिज गरेपछि विदेशमा देखाइने योजना निर्माण युनिटको छ।

यसमा राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगानालगायतका कलाकारले अभिनय गरेका छन्। सञ्जय लामाको छायांकन र बनीष शाहको सम्पादनमा फिल्म बनेको हो। – नागरिकन्युजबाट

तपाईको प्रतिक्रिया