Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

हङकङ – साब्लाबुङ प्रकाशन हङकङद्वारा प्रकाशित प्रकाश छाङ्छा राईको कविता संग्रह आइतबार हङकङमा आयोजित एक समारोहका बिच लोकार्पण गरियो । प्रकाशित कृतिको कन्याहरु सुरुची राई र सूम्निमा राईले सामूहिकरुपमा लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहलाई प्रमुख अतिथि संगीतकार दिनेश सुब्बा, बिशेष अतिथिहरु हङकङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, नेपाली महासघंका अध्यक्षय प्रदिप थापा, सनराईज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङ्ग, गीतकार समाजका अध्यक्ष प्रदिप काङदावा, भयवादका प्रवर्तक देश सुब्बा, समुच्च विचारकी दीपा एवाई राई, कवि मोती चाम्लिङ, लेखक नरेन्द्र राईले नेपाली बाङ्मयमा प्रकाश छाङछा राईका योगदान र सातौं कृति कविताका बारेमा आ-आफ्ना सान्दर्भिक टिप्पणीहरू गरेका थिए । कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराईको नेपालबाट पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा १२ वर्ष निङगी शक्ति मादेनले भाइलेनका नेपाली सुमधुर धुनहरू बजाएका थिए । कवि चन्द्र मादेन आच्छानको उदघोषण रहेको कार्यक्रममा साब्लाबुङ साहित्यिक पत्रिकाको ब्यवस्थापक मातृदिप राई, हङकङ नेपाली डट कमका नेत्र पहराइ, खोटाङ ओआरजीका सम्पादक किन्दर राई, नेपाली महासघंका पूर्व अध्यक्ष हेम लिम्बु, नेपाली कला तथा सँस्कृति संघका अध्यक्ष नन्द चङसुलगायतका महानुभावहरुको पनि अतिथिकोरुपमा उपस्थिति रहेको थियो ।

खड्क राईको स्वागत भाषण रहेको कार्यक्रममा साब्लाबुङ प्रकाशन हङकङका अध्यक्ष तथा साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक राजकुमार राईको सभापतित्व रहेको थियो । स्मरणरहोस उक्त प्रकाशनले साब्लाबुङ साहित्यिक पत्रिका विगत तिन वर्षदेखि नियमित प्रकाशन गर्दै आईरहेको छ । ***

तपाईको प्रतिक्रिया