Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौ । यस वर्षको मिस नेपाल सुनसरीकी मलिना जोशी घोषित भइन् ।

मिस नेपालको ताज जितेपछि आफूलाई संसारकै उत्कृष्ट भनेकी उनले त्यसलाई प्रमाणित गर्ने गतिलो मौका एक सातापछि लन्डनस्थित अल्र्स कोर्ट एक्जिविसन सेन्टरमा आयोजना हुने मिस वल्र्डमा पाउने छिन् । १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले ताजसँगै ५० हजार रुपैयाँ पनि हात पारिन् ।

१२ रुबी जडित चमकदार क्राउनलाई मलिनाले एक वर्षका लागि आफ्नो बनाएकी हुन् । बेलायती डिजाइनर बिल क्राउनले तयार पारेको ताज यो वर्षदेखि रनिङ क्राउनमा बदलिएको छ । हिडन ट्रेजरले बर्सेनि गर्ने मिस नेपालकी उनी १६ औं विजेता बनिन् ।

प्रमुख निणर्यक यशोवर्द्धन प्रधानले उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई सोधेको ‘यदि महिलाले मात्र यो विश्वमा राज्य गर्ने अवसर पाए भने सन् १९५० सम्ममा विश्वको स्वरूप कस्तो हुन्थ्यो होला ?’ भन्ने प्रश्नमा उनले ‘महिलाहरूले मात्र अवसर पाए भने होइन, शासन नै गर्न थालिसकेु भन्ने जवाफ दिँदै आफूले पनि त्यसको प्रतिनिधित्व गर्ने बताएकी थिइन् । गतवर्षकी मिस नेपाल सदीक्षा श्रेष्ठले ताज पहिर्‍याइदिँदा पाँच फिट छ इन्च अग्ली २३ वर्षीया मलिनाले हर्षका आँसु झारिन् । एमबीएमा अध्ययनरत मलिना गतवर्षको मिस एन्जेलमा समेत ‘इन्टेलेक्ट टाइटल अवार्ड’ हात पार्दै उत्कृष्ट पाँचमा पुगेकी थिइन् ।

पौने तीन घन्टासम्म चलेको प्रतियोगितामा चितवनकी अनुपमा औरा गुरुङ फस्ट रनरअप बनिन् । ताजसहित ३५ हजार रुपैयाँ विजेता उनले नोभेम्बर १२ मा थाइल्यान्डमा हुने मिस अर्थमा प्रतिनिधित्व गर्नेछिन् । चितवनकै सरिना मास्केले सेकेन्ड रनरअप हुँदै २५ हजार रुपैयाँ हात पारिन् । यसै वर्षदेखि थपिएको थर्ड रनरअप र फोर्थ रनरअपमा क्रमशः भक्तपुरकी मनीषा विष्ट र वीरगन्जकी नेहा पौडेल चुनिए । नेहाले दर्शक मतका आधारमा पपुलर च्वाइस अवार्ड पनि हात पारिन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया