Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – यसवर्षको विश्व सुन्दरीको उपाधि दक्षिण अफ्रिकाकी सुन्दरी रोलेन स्ट्रसले जितेकी छन् । आइतबार राती बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको फाइनल प्रतियोगितामा २२ वर्षिय सुन्दुरीले १ सय २१ देशका सुन्दरीलाई पछि पार्दै ६४ औं संस्करणको उपाधि जितेकी हुन् ।

त्यस्तै हंगेरीकी इडिना कुल्सार रनर अप भएकी छन् भने संयुक्त राज्य अमेरिकाकी एलिजाबेथ सफ्रित तेश्रो भइन् ।

चिकित्साविज्ञान चौथो वर्षकी विद्यार्थी स्ट्रस डाक्टर बाबु र नर्स आमाकी छोरी हुन् । ‘मैले सोच्न सकिरहेको छैन, यो के भइरहेको छ’ ताज पहिरिएपछि उनले भनिन् ‘ यो ठूलो जिम्मेवारी हो ।’

141214_firstcut_02विश्व सुन्दरीको अन्तिम ५ मा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु पुगेका थिए । नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी छिन् ।

फाइनल प्रतियोगिताको भिडियो हेर्नुहोेस् :

https://www.youtube.com/watch?v=FGCvpCuaWRA

 

तपाईको प्रतिक्रिया