Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को नयाँ नेतृत्व चयनका लागि शुक्रबार हुँदैछ । राजधानीमा जारी संघको पाँचौ विश्व सम्मेलनको शुक्रबार तेस्रो दिन २० सदस्यीय नयाँ कार्यसमिति चयनको निर्वाचन हुन लागेको हो ।

संघको भावी नेतृत्वका लागि अध्यक्षमा देबमान हिराचन र जीवा लामिछानेले उमेदवारी दिनु भएको छ । त्यस्तै उपध्यक्ष पदका लगि पाँच जनाको उमेदवारी परेको छ । महासचिबमा यस अघिका प्रवक्ता कुमार बस्नेत सहित टेन्जी शेर्पा र विष्णुमाया परियारले उमेदवारी दिएका छन् । बिभिन्न २० पदका लागी ३६ जनाले उमेदवारी दर्ता गराएको एनआरएन निर्बाचन समितिले जानकारी दिएको छ ।
महिला सयोजक सहित तीन पदमा भने निर्विरोध भएको छ । विहान ११ बजेपछि मतदान सुरु हुने जनाइएको छ । बिहीबार राति अबेर सम्म सर्बसम्मतिको प्रयास भए पनि सहमति हुन नसके पछि संघ स्थापना यताकै पहिलो पटक निर्बाचन हुन लागेको हो । निर्वाचन सोल्टी होटलमा हुँदैछ ।
विश्वका ५७ मुलुकबाट राजधानीमा आएको  करिब ८ सय प्रतिनिधीले नेतृत्व चयनका लागी मतदानमा सहभागी हुनेछन् । नेतृत्वका लागि उम्मेद्धारहरुवीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै धरैजसो एनआरएन प्रतिनितिहरुले असन्तृष्ट जनाएका छन् ।
राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्षका प्रत्यासीद्वय हिराचन र लामिछानेवीच आरोप प्रत्यारोप र हात हालहालको अवस्था सिर्जना भएको थियो । “हाम्रो सञ्जाल–हाम्रो पहिचानः समृद्ध नेपाल” भन्ने नाराकासाथ बुधबारबाट सुरु भएको सम्मेलन नयाँ नेतृत्व चयनका साथै काठमाडौं घोषणा पत्र जारी गरी सम्पन्न हुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया