Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

क्यालगेरी –  गजलकार ॠषि बस्ताकोटीको एल्बम ‘गजल स्पर्श’ विजयादशमीको अवसरमा आयोजित एक समारोहका बीच क्यानडाको क्याल्गेरी सहरमा विमोचन गरियो ।
क्याल्गेरीस्थित स्प्रिङ्ग वुड सामुदायिक भवनको सभाकक्षमा आयोजित समारोहमा हाल क्यानडा भ्रमणमा रहनुभएका बारिष्ठ समालोचक निनु चापागाईले एल्बम ‘गजल स्पर्श’ को विमोचन गर्नुभयो । Canada 2

विमोचन मन्तव्यको क्रममा उहांले ‘गजल स्पर्श’ भित्र सुन्दर र कर्णप्रिय गजलहरू रहेकोले यसले श्रोताहरूको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । उहांले एल्बममा संग्रहित गजलहरू अत्यन्त सुन्दर र मर्मस्पर्शी रहेको, झन त्यसमा उपयुक्त संगीत र लोकप्रिय गायक-गायिकाहरूको स्वरले अझ श्रुतिमिठास भरिएको बताउनुभयो । करिव दुई दशक पहिलेदेखि साहित्यिक कर्ममा लागेका बस्ताकोटी सामाजिक चेत भएका साहित्यिक व्यक्तिको रुपमा आफुले पाएको र उनको व्यक्तित्व र कृतित्वका वीच तालमेल भेटेकोले आफु बस्ताकोटीबाट प्रभावित भएको समालोचक चापागाईले बताउनुभयो ।Canada 1

विमोचन समारोहमा क्यालगेरी नेपाली सामुदायिक संस्थाका अध्यक्ष प्रेमचन्द्र गुरुङ्ले आफ्नो संस्थाले विजयादशमीको पवित्र समयमा यो एल्बम बिमोचन कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो साथै उहांले एल्बमको सफलताको कामना गर्दै उपस्थित महानुभावहरूलाई एक-एक प्रति एल्बम किनेर सुनिदिन र गजलकार बस्ताकोटीको सामाजिक अभियानमा पनि टेवा पुरयाइदिन अनुरोध गर्नुभयो । कार्यक्रममा गजलकार बस्ताकोटीले एल्बमको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम नेपालको ग्रामीण भेकका आर्थिक-सामाजिक रुपमा पछि परेका बालबालिकाहरूको शिक्षामा पहुंच बढाउनको लागि खर्च गरिने जानकारी दिनुभयो ।
Can 3
एल्बममा ॠषि बस्ताकोटीको एकल शव्द र गैरे सुरेशको एकल संगीत रहेको छ भने नेपालका चर्चित गायक गायिकाहरूको स्वर रहेको छ । चेरी फुल्दा परदेशमा (निशा देशार), ओखती छ तनको बिरामीलाई (मनोजराज), दु:खमा जो साथी हुन्छ (दीपक लिम्बु /सुजाता उप्रेती), आयौ तिमी एकान्तमा (रीमा गुरुङ), तिम्रो दु:ख मेरो दु:ख (सत्यराज आचार्य र आकांक्ष्य बस्यालको युगल स्वर) एल्बमभित्र समेटिएका छन् ।

विमोचनको समयमा एल्बम बिक्रिबाट तीन सय क्यानेडियन डलर (नेपाली रुपैया छब्बिस हजार दुई सय) उठेको र सो रकमबाट चितवनको सिध्दी गाबिस लोतन्तीस्थित प्राथमिक विद्यलयमा अध्ययन गर्ने विपन्न चेपाङ बाल बालिकाहरूलाई खाजा खुवाउनका लागि सहयोग स्वरुप प्रदान गरिने कुरा गजलकार बस्ताकोटीबाट थाहा भएको छ। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया