Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – अन्ततः जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री वेन जियाबाओले नेपालको औपचारिक भ्रमण गरेका छन् । लगभग पाँच घण्टाको अवधिमा नेपालमा रहेका जियाबाओ भ्रमणको क्रममा नेपाललाई चीनले ७५ करोड अमेरिकी डलर सहुलियत ऋण प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

जियाबाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतले स्वागत गर्नुभएको थियो भने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई देशका प्रधानमन्त्रीबीच गोप्य छलफल हुनुको साथै दुबै देशका प्रतिनिधिहरु सहित संयुक्त छलफल समेत भएको थियो ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिंहदरबारमै दिवा भोजको आयोजना गरेका थिए भने विभिन्न राजनैतिक दलका नेताहरुले पनि जियाबाओलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटेका थिए ।

त्यसपछि जियाबाओ शितलनिवास पुगी राष्ट्रपति रामवरण यादवसँग भेटघाट गरे । र, अन्त्यमा प्रधानमन्त्री बाबुराम भट्टराईले विमानस्थल पुगेर उनको विदाइ गरे ।

चिनिया प्रधानमन्त्री बेन जियाबाओलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत पछि दुवै देशका प्रधानमन्त्रीले पत्रकारहरुलाई अभिवादन गर्दै ।

 

चिनिया समकक्षी बेन जियाबाओलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा स्वागत गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

 

चिनिया समकक्षी बेन जियाबाओलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा स्वागत गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

 

चिनिया प्रधानमन्त्रीको प्रतिनिधि मण्डल र प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहित नेपाल सरकारको उच्च प्रतिनिधि मण्डलबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा संयुक्त छलफल हुँदै ।

 

चिनिया प्रधानमन्त्री बेन जियाबाओसँग भेट गर्दै नेपाली काँग्रेसका सभापति शुशिल कोईराला ।

 

चिनिया प्रधानमन्त्री बेन जियाबाओसँग भेट गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल ।

 

चिनिया प्रधानमन्त्री बेन जियाबाओसँग भेट गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

 

चिनिया प्रधानमन्त्री बेन जियाबाओको प्रतिनिधि मण्डलसँग प्रमुख तीन दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शुशिल कोईराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदार सहित प्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

 

विभिन्न सहमति पत्रमा हस्ताक्षर पछि चिनिया समकक्षी बेन जियाबाओसँग प्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

 

आर्थिक तथा प्राविधिक अनुदान सहायता सम्बन्धि सम्झौता र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सुदृढिकरण सहायता सम्झौतामा हस्ताक्षर गर्दै अर्थमन्त्री वर्षमान पुन ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया