Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – एकीकृत नेकपा माओवादीभित्र देखिएको विवाद तत्कालका लागि हल भएको छ । माओवादी शीर्ष नेताहरु विवाद समाधानमा क्रियाशील रहने सहमतिपछि माओवादी भित्र देखिएको विवाद तत्कालका लागि हल भएको हो ।

शीर्ष नेताहरुको सहमतिपछि माओवादी केन्द्रीय प्रशिक्षण भेला पनि स्थगित भएको छ । बिहान बसेको पदाधिकारी बैठकले तत्काल गर्ने भनिएको केन्द्रीय प्रशिक्षण भेला स्थगित गर्ने र कार्तिक १७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने तय गरेको छ । त्यस्तै बैठकले केन्द्रीय समितिले केन्द्रीय प्रशिक्षण वा त्यस्तै केन्द्रीय कार्यक्रम तय गरेर छलफल नहुँदासम्म कुनै प्रकारको अभिव्यक्ति तथा गतिविधि गर्न नेताहरु तथा विचार समूहलाई रोक लगाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले केन्द्रीय नेताहरुबीच आउँदो १७ गतेसम्म छलफल गरेर नयाँ कार्यक्रम सुनिश्चित गर्ने निर्णय पनि गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो दिनभर आफू निकट र वैद्य पक्षधरसँग छलफल गरेर पार्टी विवाद हल गर्न नयाँ प्रस्ताव ल्याउनु भएको हो । त्यस्तै माओवादी पदाधिकारी बैठकले नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने तथा जिल्लास्तरमा तिहार र छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया