Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

 

बरू हामी कमिला भए हुन्थ्यो
समाजमा मिलेर बस्न त जान्दथ्यौँ
टुक्रा टुक्रा उठाएर मेहनतले
सबैको लागि आहारा त बटुल्थ्यौँ

हामी भन्दैनथ्यौँ मेरो तराई
तँ पहाडे को को पराई
हामी भन्थ्यौँ हामी नेपाली
अँगालेर मेची महाकाली

रातो कमिला होस् या कालो
सानो भुन्टे होस् या ठूलो
गोलकार हुन्छ संधैँ नै मिलीजुली
त्यस्तै हुनपाए हुन्थ्यो हामी नेपाली

कति शान्त छ कति मेहनती
भन्दैन कहिल्यै तँ मधिसे म जनजाति
मार्दैन बरु अरूको आदर गर्दछ
हातमा हात मिलाइ अघि अघि बढ्दछ ।

 

(कवि कार्की अनेसास लस एन्जेलस च्याप्टरका उपाध्यक्ष हुनुहुछ)

 

तपाईको प्रतिक्रिया