Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा अदालतको आदेशपछि रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अदालतको निर्णयअनुसार उनलाई साधारण तारेखमा छाडिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले उनलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गरिएको जानकारी दिएका छन्।

प्रसाईंविरुद्ध साइबर अपराध र राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा दायर गरिएको थियो। सोही मुद्दामा अनुसन्धानका क्रममा उनी केही दिनअघि वीरगञ्जस्थित होटल दियालोबाट पक्राउ परेका थिए।

पक्राउपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको थियो। तर अदालतको आदेशपछि उनी हाल तारेखमा रिहा भएका छन्।

तपाईको प्रतिक्रिया