Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। गृह, रक्षा तथा विज्ञान–प्रविधि र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी अध्यादेश पेश गर्न खोजेपछि विपक्षी दलहरूले आपत्ति जनाएका हुन्।

विरोध गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टी रहेका छन्। बैठकमा अहिले विपक्षी सांसदहरू र सभामुखबीच छलफल तथा बहस भइरहेको छ।

सांसदहरूले निरन्तर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्याल ले ऐन महर लाई बोल्न एक मिनेट समय दिएका थिए। तर महरले एक मिनेट पर्याप्त नभएको भन्दै बोल्न अस्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया