काठमाडौँ – संसद्मा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने प्रस्ताव पेस गर्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि सदनमा विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै विपक्षी दलका सांसदहरूले संसद्भित्र उभिएर विरोध जनाउँदै प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका थिए।
यसै क्रममा हर्क साम्पाङले पनि बोल्न समय माग गरेका थिए। तर सभामुखले उनलाई बोल्ने अनुमति नदिएपछि स्थिति थप तनावपूर्ण बनेको थियो। बोल्ने समय नपाएपछि हर्क साम्पाङ बैठक बहिष्कार गरेर बाहिरिएका छन्। बाहिरिने क्रममा उनले अन्य असन्तुष्ट सांसदहरूलाई पनि बैठक छोड्न आग्रह गरेका थिए।








