Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले स्वयं आफैले नदिए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभामा विपक्षी दलका तर्फबाट बोल्दै उनले प्रधानमन्त्रीबाट निरन्तर संसदीय मूल्य, मान्यता र परम्पराको बेवास्ता भइरहेको आरोप लगाए।

केसीले प्रधानमन्त्री अनुपस्थित हुँदा सरकारले तोकेको मन्त्रीले सदनमा विषय प्रस्तुत गर्ने अभ्यास रहे पनि छलफलपछि जवाफ दिनको लागि प्रधानमन्त्री स्वयम उपस्थित हुनुपर्ने बताए। प्रस्तुतिकरणमा आपत्ति नभए पनि जवाफ दिने बेला प्रधानमन्त्री अनुपस्थित भए नेपाली कांग्रेस बैठकमा सहभागी नहुने उनले स्पष्ट पारे।

‘प्रधानमन्त्रीबाट एकपछि अर्को गर्दै संसदीय परम्परा, मान्यता र मूल्य-पद्धतिमाथि उपेक्षा भइरहेको हाम्रो धारणा छ,’ उनले भने, ‘प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले विषय टेबल गर्ने परम्परा हो । प्रस्तुत गर्न मन्त्री आउँदा हाम्रो आपत्ति छैन । तर जवाफ दिने बेलामा पनि प्रधानमन्त्री अनुपस्थित हुने हो भने हामी बैठकमा सहभागी हुन सक्दैनौँ, बहिस्कार गर्नुपर्ने अवस्था आउँछ ।’

तपाईको प्रतिक्रिया