Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको उत्तर-पूर्वी प्रान्त फुकुसिमामा बुधबार बिहान विद्यार्थी बोकेको एउटा बस दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् । स्थानीय प्रहरी र उद्धारकर्मीहरूका अनुसार फुकुसिमाको कोरियामा सहरस्थित बानेत्सु एक्सप्रेस-वेको बान्दाइआतामी निकास नजिकै बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परेको उक्त बसमा निगाता प्रान्तको एउटा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू सवार थिए । तीव्र गतिमा रहेको बस सडकको सुरक्षा बारमा ठोक्किएर अर्को कारसँग ठोक्किन पुगेको थियो ।

प्रहरीका अनुसार दुर्घटनाको प्रभावका कारण एक छात्र बसबाट बाहिर सडकमा फालिएका थिए, जसको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार अन्य २६ जना यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहे तापनि उनीहरूको ज्यान जाने खतरा भने नरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक जानकारी अनुसार बसले नियन्त्रण गुमाएर बारमा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया