समाचार सुन्नुहोस :
काठमाडौँ – चितवन क्षेत्र नम्बर ३ मा पराजय निश्चित भएपछि रेणु दाहालले आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले आफ्नो कामले जनताको मन जिते पनि मतको प्रतिस्पर्धामा भने पछि परेको उल्लेख गरिन्।
निर्वाचनमा विजयी भएकी सोविता गौतमलाई बधाई दिँदै उनले चितवनवासीले दिएको मत खेर नजाने विश्वास व्यक्त गरेकी छन्। ‘आगामी दिनमा जनतामा खुशीयाली ल्याउने र चितवनको थप विकास तथा समृद्धिका लागि काम होस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ दाहालले सन्देशमा भनेकी छन्।
दाहालले चुनावी माहोलबीच पनि आफूलाई विश्वास गरेर मतदान गर्ने सबै मतदाताप्रति उनले कृतज्ञता प्रकट गर्दै त्यो विश्वास सधैँ स्मरणमा रहने बताइन्। मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै विजयी भएकी छन्। दाहालले भने २० हजार ६१५ मत पाएकी छन्।








