Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक सूचना र सामग्रीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले आफू तथा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई लक्षित गरेर योजनाबद्ध रूपमा झुटा कथा, भ्रम फैलाउने सूचना र सम्पादन गरिएका भिडियोहरू सार्वजनिक भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

थापाका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथि भएको प्रत्यक्ष आक्रमण हो। सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र सचेत बन्न आग्रह गर्दै उनले शंकास्पद वा झुटा सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्न अपील गरेका छन्। फेसबुक, टिकटक र यूट्युबलगायत माध्यममा फैलाइने अपुष्ट तथा सनसनीपूर्ण सामग्रीप्रति विशेष सावधान रहन उनले आग्रह गरे।

“कुनै पनि सामग्री साझा गर्नु अघि एकछिन सोच्नुहोस् र तथ्य जाँच गर्नुहोस्,” थापाले भनेका छन्। उनका अनुसार अत्यधिक उत्तेजक वा भावनात्मक बनाइएका सामग्री प्रायः भ्रामक हुने सम्भावना बढी हुन्छ र त्यसले मतदातालाई भ्रमित पार्न सक्छ। निर्वाचनजस्तो संवेदनशील समयमा गलत सूचना फैलाउने प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउने भन्दै उनले सत्य, विवेक र नागरिकको सचेतताले मात्र यस्ता भ्रमहरूलाई परास्त गर्न सकिने बताएका छन्।

लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन नागरिकको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले समर्थक र शुभेच्छुकलाई जिम्मेवार रूपमा सामाजिक सञ्जाल प्रयोग गर्दै सत्यको पक्षमा उभिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया