Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – मध्यपूर्व तथा खाडी क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिलाई दृष्टिगत गर्दै नेपाल सरकारले १२ वटा देशमा नेपाली कामदार पठाउन रोक लगाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विशेष मन्त्रिस्तरीय निर्णय गर्दै ती देशहरूका लागि नयाँ श्रम स्वीकृति प्रदान गर्ने कार्य अनिश्चितकालका लागि स्थगित गरेको हो ।

मन्त्रालयद्वारा जारी सूचना अनुसार सुरक्षा जोखिम उच्च रहेका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा तत्कालका लागि नेपाली कामदार जान पाउने छैनन् ।

मन्त्रालयले वैदेशिक रोजगार विभाग, ताहाचललाई पत्राचार गर्दै व्यक्तिगत वा संस्थागत (म्यानपावर) दुवै माध्यमबाट जारी हुने श्रम स्वीकृति रोक्न निर्देशन दिएको छ । ती क्षेत्रमा पछिल्लो समय देखिएको युद्धको त्रास र असुरक्षित वातावरणका कारण नेपाली नागरिकको जीवन रक्षाका लागि यो कडा कदम चाल्नु परेको मन्त्रालयको ठहर छ । ‘हाम्रो प्रमुख दायित्व नेपाली नागरिकको सुरक्षा हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यहाँको स्थिति सामान्य नभएसम्म र नेपाली कामदारको सुरक्षा ग्यारेन्टी नभएसम्म श्रम स्वीकृति खुला गरिने छैन ।’

सरकारको यो निर्णयसँगै वैदेशिक रोजगारीका लागि प्रक्रियामा रहेका हजारौं नेपाली युवाहरू अन्योलमा परेका छन् । यद्यपि, जोखिमयुक्त क्षेत्रमा पठाएर नागरिकलाई संकटमा पार्नुभन्दा सुरक्षित विकल्प खोज्नुपर्ने सरकारको तर्क छ ।

श्रम मन्त्रालयका अनुसार अर्को सूचना जारी नभएसम्म यो प्रतिबन्ध कायमै रहनेछ । सरकारले मध्यपूर्वको वस्तुस्थिति नजिकबाट नियालिरहेको र परिस्थितिमा सुधार आएपछि मात्र निर्णय पुनरावलोकन गरिने जानकारी दिएको छ । यस निर्णयले खाडी मुलुकमा कार्यरत रहेका र बिदामा घर आएका कामदारहरूको हकमा के हुने भन्नेबारे भने थप स्पष्ट पारिएको छैन ।

तपाईको प्रतिक्रिया