Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – जापानको उत्तरी र पश्चिमी क्षेत्रमा आइतबार भारी हिमपात भएको छ । जापान सागरको तटीय क्षेत्रका साथै राजधानी टोकियोमा समेत हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ ।

जापानको मौसम विज्ञान विभागका अनुसार क्योटो, फुकुई र तोत्तोरी लगायतका क्षेत्रमा हिमपातले यातायात सेवामा ठूलो अवरोध पुर्‍याउन सक्ने चेतावनी दिइएको छ । फुकुई र तोत्तोरी प्रान्तका केही सहरहरूमा आइतबार बिहान ६ घण्टाको छोटो अवधिमै करिब ३० सेन्टिमिटरसम्म हिउँ रेकर्ड गरिएको छ ।

राजधानी टोकियोको मध्य भागमा पनि आइतबार बिहान ५ बजेसम्म ३ सेन्टिमिटरसम्म हिउँ जमेको देखिएको छ । राजधानीमा परेको हिउँले सडक तथा पैदल यात्रामा सामान्य प्रभाव पारेको छ । मौसम विभागले देशैभर चिसोको कडा लहर अझै केही समय जारी रहने प्रक्षेपण गरेको छ ।

विभागले भारी हिमपात, तीव्र हावाहुरी र समुद्रमा उठ्ने उच्च छालका कारण हुनसक्ने सम्भावित जोखिमप्रति सतर्क रहन र यातायात अवरोधका लागि पूर्वतयारी अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ । हिमपातका कारण जापानका प्रसिद्ध बुलेट ट्रेन (सिन्कानसेन) सेवाहरू पनि प्रभावित भएका छन् । रेलवे सञ्चालकहरूका अनुसार आइतबार बिहानैदेखि टोकियोको सिनागावा र सिजुओकाको आतामी खण्डमा चल्ने ‘तोकाइदो’ लाइन तथा हिरोसिमा र यामागुचीको असा खण्डमा चल्ने ‘सान्यो’ सिन्कानसेन लाइनका रेलहरू सुरक्षाका कारण सुस्त गतिमा सञ्चालन गरिएका छन् ।

प्रतिकूल मौसमका कारण हवाई उडान र सडक यातायातमा समेत केही ढिलाइ हुनसक्ने बताइएको छ । अधिकारीहरूले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र यात्रा गर्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।

 

तपाईको प्रतिक्रिया