Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – जापानको चिबा प्रिफेक्चरस्थित चिबा शहरमा एक दुःखद दुर्घटनामा परी १५ वर्षीया किशोरीको ज्यान गएको छ । ट्रकको ठक्करबाट किशोरीको मृत्यु भएपछि प्रहरीले ५० वर्षीय चालकलाई ‘लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको’ आरोपमा पक्राउ गरेको छ ।

दुर्घटना शनिबार राति करिब ९:३० बजे मिहामा वडास्थित एक जेब्रा क्रसिङ (पैदल यात्री हिँड्ने बाटो) मा भएको हो । प्रहरीका अनुसार मृतक किशोरीको नाम कोकोमो इमाफुकु रहेको छ । उनी आफ्नो ‘पार्टटाइम’ काम सकेर घर फर्कने क्रममा जेब्रा क्रसिङबाट बाटो काट्दै थिइन् । सोही समयमा दायाँतर्फ मोडिँदै गरेको ४ टनको ट्रकले उनलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल अस्पताल पुर्‍याइएको भए पनि करिब एक घण्टापछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक जुन हानागिशीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछका क्रममा चालकले आफू कार्यरत कम्पनीको पार्किङमा ट्रक फिर्ता गर्न जाँदै गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया