समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताको नाममा आफ्नै मौलिकता बिर्सन नहुने बताएकी छन्। आइतबार बालुवाटारमा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग भेट्दै उनले नेपालको संस्कृति र सम्पदा मौलिक भएकाले त्यसलाई जोगाउन आवश्यक रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले संस्कृतिभित्र रहेका केही हानिकारक प्रथा हटाउँदै जानु पर्ने भए पनि परम्परागत संस्कृति, वेशभूषा र पहिचान भने छाड्न नहुनेमा जोड दिइन्। उनले सरकारी कार्यालयमा पनि हप्तामा कम्तीमा एक दिन कर्मचारीले आफ्नै परम्परागत पोशाक लगाउन सकिने धारणा व्यक्त गरिन्।
भेटका क्रममा परिषद्ले आउँदो पुस १५ गते आयोजना हुने तमु ल्होसार कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई आमन्त्रण गरेको छ।
प्रकाशित मिति: आइतवार पुस ६, २०८२
प्रकाशित समय: १६:५२:१२








