Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार रूपन्देही अदालतबाट रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार उहाँलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो ।

रविले पहिल्यै बैंक जमानत बुझाइसकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी थियो । शुक्रबार बिहान पहिलो उडानबाट भैरहवा ल्याउने भनिए पनि खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान हुन नसकेपछि उहाँलाई भरतपुरसम्म हवाईमार्ग र त्यसपछि सडक मार्ग हुँदै करिब साढे ५ बजे मात्र रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

रास्वपाका सभापति रवि लामिछानेले न्यायको लडाइँ बाँकी रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए । ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भने ‘यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’

तपाईको प्रतिक्रिया