Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दरबारमार्गस्थित नेपाल प्रहरीको प्रहरी वृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ। शुक्रबार दरबारमार्गमा आयोजित कार्यक्रममा एनआरएनएले प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई ब्यारिकेड प्रदान गरेको हो।

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा क्षति पुगेको थियो। सोही क्षतिलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले ब्यारिकेड सहयोग गरिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले बताए। आन्दोलनका बेला भएको सबै क्षति पूर्ति गर्न नसके पनि सहयोगले शान्ति सुरक्षामा मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।

डा. केसीले यसअघि पनि एनआरएनएले महानगरीय प्रहरी वृत्त रानीपोखरीमा फर्निचर तथा उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलरुम रामशाह पथमा अत्याधुनिक उपकरण सहयोग गरेको स्मरण गराए। उनले सामाजिक कार्यमा नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताए।

कार्यक्रममा डीएसपी डाँगीले शान्ति सुव्यवस्था कायम गर्न एनआरएनएको सहयोग महत्त्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गरे। एनआरएनएले करिब ३ लाख रुपैयाँ मूल्य बराबरका ब्यारिकेड हस्तान्तरण गरेको जनाएको छ। कार्यक्रममा एनआरएनए महिला संयोजक रश्मि थापा र पूर्व युवा उपाध्यक्ष अब्दुल बसिदलगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया