समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो।
तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश दिएको हो।








