Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकलाई सहज र छिटो सूचना दिन प्रविधिमा आधारित नयाँ व्यवस्था ल्याउन लागिएको बताएका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले प्रविधिको प्रयोगले श्रम क्षेत्रमा सुधार ल्याउन सकिने बताए। उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले सही सूचना नपाउँदा समस्या भोग्नु परेको उल्लेख गरे।

यस समस्याको समाधानका लागि बहुभाषिक एआई च्याटबोट प्रयोगमा ल्याइँदैछ। अब श्रमिकहरूले दूतावाससँग फेसबुक, ह्वाट्सएप वा वेबसाइटमार्फत सिधै बोलेर वा लेखेर सोधेको कुराको तत्काल जवाफ पाउने व्यवस्था तयार हुँदैछ। श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा तयार गरिएको ‘श्रम सञ्चार’ एपमा एआई च्याटबोट र कल सेन्टर प्रणाली एकीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

यस प्रणालीलाई पहिलो चरणमा यूएईमा परीक्षण गरिनेछ र पछि अन्य देशहरूमा विस्तार गरिनेछ। विदेशस्थित दूतावासमा अत्यधिक फोन आउने तर कम कर्मचारीका कारण सेवा प्रभावित हुने समस्या यसबाट समाधान हुने विश्वास लिइएको छ। यसै प्रणालीबाट प्रवासमा रहेका नेपालीहरूले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा र परामर्श सेवा पनि प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। कार्यक्रममा एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले मन्त्रीहरूको पहलप्रति धन्यवाद व्यक्त गरे।

तपाईको प्रतिक्रिया