Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
नेका संसदीय दलको बैठक

काठमाडौँ, २० वैशाखः सङ्घीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सहभागीहरु । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेसले रुपन्देही-३ मा हुने उपनिर्वाचन पार्टीका लागि चुनौतीपूर्ण हुनसक्ने विश्लेषण गरेको छ । रुपन्देही-३ को उपनिर्वाचनमा मधेशवादी दलहरू एक भएर आए चुनौती हुनसक्ने निष्कर्ष कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी वैठकले निकालेको हो ।

बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा त्यहाँको वस्तुस्थितिबारे गम्भीर छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘रुपन्देहीमा गएको निर्वाचनमा विभिन्न गठबन्धनहरू पनि थिए । यो गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत हेर्न हो भने कांग्रेस पहिलो पार्टी हो । २० हजार मत प्राप्त गरेको थियो । दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो । तेस्रो पार्टी रास्वपाले १४ हजार मत ल्याएको थियो । त्यसपछि मधेशवादी दलहरू थिए । अहिलेको पोजिसन के छ भन्न गाह्रो छ ।’

उनले मधेस केन्द्रित दलहरू एक भएर लडे राम्रो उपस्थिति उनीहरूको देखिसक्नेबारे पनि चर्चा भएको जानकारी दिएका छन् । उनले थपे, ‘तर, त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो । प्राविधिक रूपले चुनाव हारेका हौँ । भोटको अवस्था मजबुत रहेको हाम्रो निष्कर्ष छ । उम्मेदवारबारे कुरा भएको छैन । प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भए उनीहरू पनि हुन सक्छन् ।’

तपाईको प्रतिक्रिया