Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – जापानको शिजुओका प्रिफेक्चरस्थित इजुनोकुनी शहरमा प्रहरीले एक २८ वर्षीय बेरोजगार युवकलाई आफ्नै हजुरआमा र काकीको हत्या प्रयास गरेको आरोपमा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, शो नोनाका नाम गरेका ती युवकमाथि बुधबार साँझ करिब ६ बजे आफ्नी ८९ वर्षीया हजुरआमा आसाको नोनाका र ६० वर्षीया काकीमाथि छुरा प्रहार गरेको आरोप छ । पीडितमध्ये एकले प्रहरीलाई ११० नम्बरमा फोन गरी घटनाबारे जानकारी दिएकी थिइन् ।

प्रहरी घटनास्थलमा पुग्दा नोनाकाकी काकी छिमेकीको बगैँचामा लडिरहेको अवस्थामा फेला परेकी थिइन् । दुवै घाइतेलाई तत्काल अस्पताल लगिएको थियो । हजुरआमाको घाँटीमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यद्यपि, अस्पताल लैजाँदा उनको होस भने रहेको बताइएको छ । काकीलाई भने सामान्य चोट लागेको छ र उनी खतरामुक्त छिन् ।

पक्राउ परेपछि नोनाका मौन बसेका छन् र घटनाको कारणबारे केही बताएका छैनन् । घटना हुँदा युवकका बुबा घरबाहिर रहेको र घरमा उनी, हजुरआमा र काकी मात्र रहेको बताइएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया