Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज समूह ‘बी’ मा रहेका भुटान र माल्दिभ्सको खेल हुँदैछ। यी दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ।

दुवै टिम पहिलो जितको खोजीमा मैदानमा उत्रिनेछन्। भुटानले पहिलो खेलमा भारतसँग १–० ले पराजय भोगेको थिय। जसले गर्दा सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न आजको खेलमा जित्नैपर्ने दबाबमा छ। माल्दिभ्सले भने आज आफ्नो पहिलो खेल खेल्दैछ। ऊ भुटानलाई पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ। माल्दिभ्सले अहिलेसम्म सेमिफाइनलमा स्थान बनाउन सकेको छैन भने भुटानले एकपटक उमेर समूहको साफ सेमिफाइनलमा खेलिसकेको छ।

यस प्रतियोगितामा समूह ‘ए’ बाट नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया