Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – नेपाल टेलिकमले ग्राहकको गोपनीयताको सुरक्षामा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । टेलिकमले मंगलबार एक विज्ञप्ति जारी गर्दै ग्राहकको गोपनीयतालाई सधैँ सम्मान गर्ने र यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको हो ।

टेलिकमका सेवाको सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कम्पनीले यस्तो स्पष्टीकरण दिएको हो ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरूले झैँ कम्पनीले विवरणहरू उपलब्ध गराउने गरेको छ । कम्पनीका सेवाहरू अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको ब्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ ।’

तपाईको प्रतिक्रिया