काठमाडौं – अन्य मानव समुदायको सम्पर्क बाहिर रहेका ब्रजिलको एक आदिवासी समुदायको अन्तिम सदस्यको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । नाम नखुलेका ती व्यक्ति पछिल्लो २६ वर्षयता पूर्ण एकान्तवासमा थिए ।
जनावरलाई पासोमा पार्न र आफै लुक्नका लागि पनि खाडलहरू खन्ने भएका कारण उनलाई ‘म्यान अफ द होल’ भनेर चिनिने गरेको थियो । उनी बस्ने झुप्रो बाहिर झोलुङ्गामा गत साता उनको शव भेटिएको थियो । त्यहाँ हिंसा भएको कुनै सङ्केत भेटिएको थिएन ।
उनी एउटा आदिवासी समुदायका अन्तिम जीवित सदस्य थिए । यो समुदायका अन्य छ जना मानिसहरू सन् १९९५ मा मारिएका थिए । यो समुदाय बोलिभिया सीमानजिक तनारु आदिवासी क्षेत्रमा बसोबास गर्दै आएको थियो ।
पशुपालन गर्ने समूहले आफ्नो क्षेत्र विस्तार गर्ने क्रममा सन् १९७० को दशकमा यो आदिवासी समुदायका अधिकांश मानिसहरूको हत्या गरेको ठानिएको छ । अगस्ट २३ मा निधन भएको भनिएका यो समुदायका अन्तिम व्यक्तिको उमेर ६० वर्ष रहेको र उनको निधन प्राकृतिक कारणबाट भएको बताइएकाे छ ।
उनको क्षेत्रमा अरू व्यक्तिको घुसपैठ भएको कुनै सङ्केत नपाइएको र उनी बस्दै आएको छाप्रोमा पनि कुनै क्षति नभएको अधिकारीहरूले बताएका छन् । यद्यपि अनुसन्धानका लागि प्रहरीले उनको पोस्टमोर्टम गरिने जनाएको छ ।
यो समुदाय बोलिभिया सीमानजिक तनारु आदिवासी क्षेत्रमा बसोबास गर्दै आएको थियो । पशुपालन गर्ने समूहले आफ्नो क्षेत्र विस्तार गर्ने क्रममा सन् १९७० को दशकमा यो आदिवासी समुदायका अधिकांश मानिसहरूको हत्या गरेको ठानिएको छ । अगस्ट २३ मा निधन भएको भनिएका यो समुदायका अन्तिम व्यक्तिको उमेर ६० वर्ष रहेको र उनको निधन प्राकृतिक कारणबाट भएको ठानिएको छ ।
उनको क्षेत्रमा अरू व्यक्तिको घुसपैठ भएको कुनै सङ्केत नपाइएको र उनी बस्दै आएको छाप्रोमा पनि कुनै क्षति नभएको अधिकारीहरूले बताएका छन् । यद्यपि अनुसन्धानका लागि प्रहरीले उनको पोस्टमोर्टम गरिने जनाएको छ । आदिवासी निकायका प्रतिनिधिहरू छ्वालीबाट बनेको उनको छाप्रोमा समेत पुग्दा पनि त्यसयता उनी कतै देखा परेनन् । उनले खनेका गहिरा खाडलहरूका पिँधमा तिखा तीरहरू राखिएका थिए। उनले आफ्नो छाप्रो वरपर मकै, कन्दमूल र केरा तथा मेवाजस्ता फलफूल रोपेको पाइएको छ ।
ब्रजिलमा २४० वटा आदिवासी समुदायहरू छन् । उनीहरूलाई गैरकानुनी खानी सञ्चालक, रुख तस्कर र उनीहरूको क्षेत्र मिच्न खोज्ने किसानहरूबाट खतरा रहेको आदिवासी समूहहरूको अधिकारका लागि काम गर्दै आएको संस्थाले जनाएको छ । -बीबीसी








