Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – पोर्चुगलको एउटा बगैंचामा फेला परेको अस्थिपन्जर युरोपमा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो डाइनोसरको भएको बताइएको छ । बीबीसीका अनुसार उक्त कंकाल सन् २०१७ मा पोम्बलको मध्य शहरमा एक व्यक्तिले आफ्नो घर निर्माण गर्ने क्रममा फेला पारेका थिए ।

स्पेनिस र पोर्चुगिज जीवाश्मविद्हरूले यस वर्षको अगस्टमा डायनासोरको उत्खनन गरेका थिए । उक्त जीवाश्मको घाँटी र पुच्छर लामो भएको बताइएको छ । उक्त जीवाश्म १५० मिलियन वर्ष पुरानो भएको अनुमान गरिएको छ । उक्त कंकालको अहिले अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया