काठमाडौं – दुई रुसी रणनीतिक बमवर्षकहरूले जापान सागरको तटस्थ पानीमा गस्ती गरेको छ । रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले खबर उल्लेख गरेका हुन् ।
यद्यपि दक्षिण कोरियाले भने तिनी बमवर्षकहरु मंगलबार आफ्नो वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको जनाएको छ । करिब सात घण्टा चलेको उडानमा रुसका विमानहरू दक्षिण कोरियाली एफ-१६एस सँग रुटको केही चरणमा सँगै रहेको बताइएको छ ।
दक्षिण कोरियाली सेनाले रुसी युद्धक विमानहरू आफ्नो वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा प्रवेश गरेको र जवाफमा सामान्य रणनीतिक कदम चालेको बताएको छ ।








