Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – अमेरिकी न्याय मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले गरेको खानतलासीको वारेन्ट सार्वजनिक गर्नका लागि प्रक्रिया सुरु गरेको छ। न्याय मन्त्रालयले फ्लोरिडाको अदालतसँग एफबिआई वारेन्ट सार्वजनिक गर्नका लागि माग गरेको हो। अदालतले न्याय मन्त्रालयको माग स्वीकार गरेमा ट्रम्पको मार-ए-लागोस्थित घरमा गएको सोमबार एफबिआईले गरेको छापाका लागि जारी वारेन्ट सर्वसाधारणका लागि उपलब्ध हुनेछ।

महान्यायाधीवक्ता मेरिक गार्ल्याण्डले एफबिआई छापाका लागि आफूले व्यक्तिगत रुपमा वारेन्ट जारी गरेको पनि खुलाएका छन्। न्याय मन्त्रालयले अहिलेसम्म ट्रम्पको घरमा छापामार्नुको कारण खुलाएको छैन। तर वारेन्ट सार्वजनिक भएमा त्यसमा सो सम्बन्धी रहेको जानकारी थाहा हुनेछ। ट्रम्पले शुक्रबारसम्म एफबिआईको वारेन्ट सार्वजनिक हुन नदिनका लागि प्रयास गर्न सक्ने छन् वा आफै सार्वजनिक गर्न सक्ने विकल्प छ।

ट्रम्पले आफ्नो कार्यकाल समाप्त भएर राष्ट्रपछि कार्यालयबाट बाहिरिने बेला महत्वपूण कागजात आफूसँगै लगेका थिए। द वासिङ्टन पोस्टमा नाम उल्लेख नगरिएको स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा एफबिआईले परमाणु हतियारसहितका विषय सम्बन्धी कागजातको खोजी गरेको उल्लेख छ। तर सो कागजातका सम्बन्धमा थप जानकारी भने समाचार पनि छैन।

ट्रम्पले ह्वाइट हाउसबाट महत्वपूर्ण जानकारी तथा सामग्रीहरु नष्ट गरेको वा लुकाए-नलुकाएको सम्बन्धमा भइरहेको अनुसन्धानका सम्बन्धमा छापा भएको मानिएको छ। न्याय मन्त्रालय हालसम्म यो विषयमा केही बोलेको थिएन। तर छापाबारे ट्रम्प आफैले सार्वजनिक जानकारी गराएको र एफबिआईमाथि ‘गम्भीर’ आरोप लगाएपछि न्याय मन्त्रालयले वारेन्ट सार्वजनिक गर्नका लागि अदालतसँग माग गरेको महान्यायाधीवक्ताले जानकारी दिएका हुन्।

अमेरिकी इतिहासमा पहिलोपटक कुनैपनि पूर्वराष्ट्रपतिको घरमा आपराधिक अनुसन्धान अन्तर्गत छापा भएको हो। ट्रम्प र रिपब्लिकन पार्टीका नेताहरुले छापालाई राजनीतिक रुपमा निर्देशित भनेका छन्।

तपाईको प्रतिक्रिया